बोरिङ खन्दा टीकाथलीमा निस्कियो आगो, साढे दुई घन्टापछि निभाइयो !


ललितपुर । ललितपुरको टीकाथलीमा खानेपानीका लागि बोरिङ खन्दा आगो निस्किएको छ। मंगलबार बिहान ललितपुरको टीकाथली र चांगाथलीबीचको गोदावरी खोला नजिकै खानेपानी आयोजनाका लागि डिप बोरिङ गर्ने क्रममा आगो निस्किएको हो।

बिहान ९ः३० बजे निस्किएको आगो झन्डै साढे दुई घन्टापछि नियन्त्रणमा आएको महालक्ष्मी नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष कपिल केसीले जानकारी दिए।

उनका अनुसार २५ दिनदेखि त्यहाँ डिप बोरिङ खन्ने काम भइरहेको थियो। करिब ३०० मिटर (९ सय फिट) खनेपछि आगोको ज्वाला निस्केको वडाध्यक्ष केसीले जानकारी दिए।

‘हामीले सामान्य ग्यास होला भन्ठान्यौं। तर निभाउन निकै कठिन भयो। धेरैबेर पानी हालेपछि आगो ननिभेपछि ग्यास निभाउन तत्व नै ल्याएर नियन्त्रणमा लियौं,’ उनले भने।

उनका अनुसार त्यहाँ ६०-७० लाख लागतमा खानेपानी आयोजना चलिरहेको छ। महालक्ष्मी नगरपालिका वडा नम्बर ५ शान्ति टोल आसपाससमेत गरी करिब दुई हजार घरधुरीका लागि पानी अपुग भएपछि बोरिङ गरिएको हो।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top