सहकारीको समस्या समाधानका लागि अध्यादेश कोशेढुंगा सावित हुन्छ : प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी समस्या समाधानका लागि सरकारले ल्याएको सहकारीसम्बन्धी अध्यादेश कोशोढुंगा सावित हुने दाबी गरेका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरू सँगको प्रश्नोत्तर कार्यक्रममा भाग लिने क्रममा उनले यस्तो बताएका हुन् ।

‘सरकारले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१ जारी गरेको छ,’ प्रधानमन्त्री ओलीले जवाफ दिने क्रममा भने, ‘जुन यस क्षेत्रमा देखिएका समस्या समाधानका लागि कोशेढुंगा सावित हुनेछ ।’

सहकारीहरूको नियमनका लागि राष्ट्रिय सहकारी नियमन प्राधिकरणको गठन गरी कार्यसम्पादन भइरहेको उनले जानकारी दिए । ‘सरकारले सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि नीतिगत, संस्थागत र व्यवस्थापकीय सुधारका कार्य गरिरहेको छ र पहिले देखिएका समस्याहरू विस्तारै समाधान उन्मुख रहेका छन्,’ प्रधानमन्त्री ओलीले भने ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top