यू-१९ महिला विश्वकपमा स्कटल्याण्डसँग खेल्दै नेपाल


काठमाडौं । आइसिसी यू-१९ महिला टी-२० विश्वकप क्रिकेटमा नेपालले आज दोस्रो खेल खेल्दैछ। मलेसिया जारी खेलमा नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ। मलेसियाको बंगीस्थित वाइएसडी-युकेएम क्रिकेट ओभलमा  नेपाली समयअनुसार खेल दिउँसो सवा १२ बजेदेखि सुरू हुनेछ।

नेपाल पहिलो खेलमा बंगलादेशसँग पाँच विकेटले पराजित भएको थियो। त्‍यतिबेला नेपालको ब्याटिङ चल्न नसक्दा ५२ रनमै अल आउट हुन पुगेको थियो। आज त्यसलाई सुधार गर्दै जितको खोजीमा नेपाल हुनेछ।

स्कटल्याण्ड पनि पहिलो खेलमा अस्ट्रेलियासँग पराजित भएको थियो। समूह डी मा रहेको नेपाललाई सुपर सिक्समा पुग्न कम्तिमा एक खेल जित्नुपर्ने हुन्छ। समूह चरणको अन्तिम खेल नेपालले बुधबार अस्ट्रेलियासँग खेल्नेछ।

नेपाली टिमः पूजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान), सना प्रवीण, ज्योत्स्निका मरासिनी, कुसुम गोदार, अलिशाकुमारी यादव, सावित्री धामी, तिर्सना विक, किरण कुँवर, रिया शर्मा,  रचना चौधरी, सीमाना केसी, स्नेहा महरा, अनु कडायत, कृश्मा गुरुङ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top