उद्योगीहरूले बक्यौता तिर्नुको साटो राजनीतिकरण गरे : कुलमान


काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले उद्योगीहरूले ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौता तिर्नुको साटो राजनीतिकरण गरेको आरोप लगाएका छन्।

बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै उनले हरेक पटक बक्यौता तिर्नुपर्ने बेलामा राजनीतिकरण गरेको बताए। ‘बेरोजगारी बढायो। नेपालको अर्थतन्त्र तहसनहस बनायो भनेर इमोस्नल ब्ल्याकमेलिङ गरियो, अनि सरकारलाई निर्देशन दिन बाध्य बनाइयो,’ उनले भने।

बक्यौता नतिर्ने भन्नु न्याय नहुने उनले उल्लेख गरे।  ‘एउटा उद्योग बन्द हुनुभन्दा पनि प्राधिकरणको आर्थिक अवस्थामा संकुचन आयो भने सबै क्षेत्रमा नकारात्मक असर पुग्छ,’ उनले थपे।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top