माइतीघरमा आज पनि रास्वपाको विरोध, निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीसँग झडप


काठमाडौं । पार्टी सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको पक्राउविरुद्ध रास्वपाले आज पनि माइतीघरमा प्रदर्शन गरेको छ । रविलाई राजनीतिक प्रतिशोध साँधेर पक्राउ गरिएको जिकिर गर्दै आएको रास्वपाले देशव्यापी आन्दोलन गर्ने उद्घोष गरेअनुरूप माइतीघरमा प्रदर्शन गरिरहेको हो ।

यसअघि पोखरामा निरन्तर आन्दोलन गर्दै आएको रास्वपाले शुक्रबारदेखि विरोधका कार्यक्रम काठमाडौं केन्द्रित गरेको छ । प्रदर्शनकारीले अधिनायकवाद चल्दैन, प्रतिवेदन के भन्छ-८७ अर्ब ले भन्छ, दुई तिहाइको दम्भ चल्दैन, सत्ताको दुरुपयोग बन्द गर ।

र्याली बानेश्वर पुग्दा प्रहरी र रास्वपा समर्थक बीच झडपको अवस्था बनेको थियो । प्रशासनले निषेध गरेको क्षेत्रमा रास्वपा समर्थकहरुले सुरक्षा घेरा तोडन खोज्दा अवस्था विग्रन पुगेको हो । तर नेता पङ्तिले परिस्थितीलाई सहज बनाउन कसरत गरे ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top