दुई संसदीय समितिको बैठक बस्दै


काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ । बैठकमा दिगो एवं विपद् संवेदनशील पूर्वाधार विकासको बारेमा छलफल तथा योजनावद्ध शहरीकरण तथा बस्ती विकासको बारेमा छलफल हुनेछ ।

त्यस्तै बिहान साढे ११ बजे नै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top