टीआरसी विधेयक राष्ट्रियसभामा टेबल


काठमाडौँ । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी) राष्ट्रियसभामा टेबल भएको छ । बिहीबार बसेको बैठकमा प्रतिनिधिसभाले पारित गरेको उक्त विधेयक राष्ट्रियसभाका सचिव डा.सुरेन्द्र अर्यालले प्रतिनिधिसभाबाट प्राप्त सन्देशसहित सभासमक्ष टेबल गरेका हुन् ।

राष्ट्रियसभाबाट पारित भएपछि राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै राजपत्रमा प्रकाशित हुनेछ ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top