‘सुशासनका लागि भ्रष्टाचार अन्त्य गर्छौं’


काठमाडौं ।  प्रधानमन्त्री  केपी शर्मा ओलीले लोकतन्त्रको रक्षा गर्दै मुलुकमा सुशासन कायम गर्न आफू नेतृत्वको सरकार नचुक्ने दाबी गरेका छन् ।   आज प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकार लोकतान्त्रिक प्रणालीका लागि भ्रष्टाचार नियन्त्रण र अन्त्य गर्ने दिशामा अघि बढ्ने बताए ।

उनले  भने,  ‘देश र जनातालाई सर्वपरी राखेर देश र जनताको हितहरुप्रति सर्मपित भएर लोकतन्त्रका मूल्यमान्यताहरुलाई जीवन पद्दतिको रुपमा अवलम्वन गरेर  शुसाशनका निम्ती भ्रष्टाचार नियन्त्रण र अन्त्य गर्ने दिशामा हामी जानेछौं ।’

साथै  उनले लोकतन्त्रलाई  जीवन पद्धतिको  रुपमा अवलम्वन गर्न कसैको फरक मत नरहने उल्लेख गरे । उनले लोकतन्त्रका विरुद्धमा केही प्रवृतिहरु देखा पर्न  गएको समेत बताए ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top