काठमाडौं । रास्वपा सांसद हरि ढकाललाई सभामुख देवराज घिमिरेले बोल्न रोकेपछि विपक्षी दलले आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्ने क्रममा सांसद ढकालले विद्युत महसुलको विषयमा बोल्न थालेपछि सभामुखले माइक काटेका थिए ।
सभामुखले सांसद ढकाललाई बोल्न रोकपछि रास्वपा, राप्रपासहित विपक्षी दलको नेताहरूले उठेर विरोध जनाए । सभामुखले विषय केन्द्रित भएर नबोलेको भन्दै सभामुखले रोकेका थिए। त्यसपछि सभामुख घिमिरेले रास्वपा सभापति रवि लामिछानेलाई दुई मिनेटको बोल्न समय दिए । उनले सांसद ढकाललाई बोल्न रोकेको प्रति आपत्ति जनाए ।





