मदुकुमार श्रेष्ठ बागमती प्रदेशको मन्त्रीमा नियुक्त


विकाश रौनियार, काठमाडौं । मदुकुमार श्रेष्ठ बागमती प्रदेशको मन्त्रीमा नियुक्त धादिङ जिल्ला क्षेत्र नम्बर १ (१) बाट निर्वाचित मदुकुमार श्रेष्ठ बागमती प्रदेशको मन्त्रीमा नियुक्त हुनुभएको छ। बुधबार श्रेष्ठ मन्त्रीको जिम्मेवारी पाउनु भएको हो। मन्त्री परिषद्मा एमाले बाट कृषि तथा पशुपंक्षी मन्त्रालयको जिम्मा प्रकाश श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयको जिम्मा किशोर सिलवाल, स्वास्थ्य मन्त्रालयको जिम्मा किरण थापालाई दिइएको छ ।

यसैगरी भौतिक योजना तथा पूर्वाधार मन्त्रालयको जिम्मा अमन मास्के, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको जिम्मा शुकमाया तामाङ र श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मा प्रेमभक्त महर्जनलाई दिइएको प्रदेश प्रमुख सचिवालयका प्रवक्ता गोबिन्द प्रसाद पौडेलले बताउनुभयो । यस्तै, कांग्रेसबाट मन्त्री कुन्दन राज काफ्ले, श्याम खड्का र मदुकुमार श्रेष्ठ मन्त्रीमा नियुक्त हुनुभएको छ ।

जिम्मेवारी भने तोकिसकेको छैन। १३ वटा मन्त्रालयको रहेको बागमतीमा अन्य तीन मन्त्रीको नाम भने टुङ्गो लाग्न बाँकी छ । एमालेको भागमा ६ र कांग्रेसले मुख्यमन्त्री सहित ७ वटा मन्त्रालय पाएको छ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top