प्रधानमन्त्री ओलीले पाए संसद्को दुईतिहाइ मत


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाएका छन्। आइतबार प्रधानमन्त्रीले आफूलाई प्रतिनिधिसभामा विश्वासको मतका लागि पेश गरेको प्रस्तावको पक्षमा १८८ मत र विपक्षमा ७४ मत खसेको हो।

प्रतिनिधिसभामा २६३ जना उपस्थित थिए। एक जना सांसदले मत दिन्न भन्ने पक्षमा आफ्नो मत जाहेर गरे। प्रधानमन्त्रीले नेपालको संविधानको धारा १०० को उपधारा (९२०) बमोजिम प्रतिनिधिसभामा विश्वासको मत लिएका हुन्।

एमाले अध्यक्ष समेत रहेका ओली नेपाली कांग्रेसको सहयोगमा असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनलाई सरकारमा सहभागी नेकपा एमाले, नेपाली कांग्रेस, जसपा, लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिए भने प्रधानमन्त्री ओलीलाई माओवादी केन्द्र,रास्वपा,राप्रपा,एकीकृत समाजवादीलगायतले मत दिएनन्। ओली चौैथो पटक प्रधानमन्त्री भएका हुन् ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top