उपसभामुखले राजीनामा दिनुपर्छ : खतिवडा


काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले उपसभामुख इन्दिरा राना मगरले राजीनानमा दिएर छानविनमा सघाउन माग गरेका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले उपसभामुखले कार्यालय र संसदलाई भिसा सहजीकरणको कन्सल्टेन्सी बनाएको भन्दै राजीनामाको माग गरेका हुन् ।

उनले भने,‘भिसा सहजीकरणको कन्सल्टेन्सी उपसभामुखको कार्यालय र संसद हुन सक्दैन् । कन्सल्टेन्सी जस्तो नबनाईयोस् । चिन्दै नचिनेको मान्छेको सिफारिस कसरी गरियो ? छानविन हुनुपर्छ ।’

केही दिन अगाडि उपसभामुखले पाँच जनालाई अमेरिकाको भिसा दिनको लागि सिफारिस गर्न लेखेकको पत्र सार्वजनिक भएको थियो ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top