संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत हुँदै


काठमाडौं । अगामी आर्थिक वर्ष २०८१-०८२ को बजेट भाषण सुरु भएको छ । मंगलबार संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिरहेका छन् ।

सभामुख देवराज घिमिरेको अनुमतिमा अर्थमन्त्री पुनले बजेट प्रस्तुत गर्न लागेका हुन् ।

यसअघि मंगलबार दिउँसो प्रधानमन्त्री एवं आयोग अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा सिंहदरबारमा आयोगको पूर्ण बैठकले मध्यमकालीन संरचना र वार्षिक विकास कार्यक्रम पारित गरेको थियो ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top