१५ महिनामा राम्रा काम गरेको मुख्यमन्त्री जम्कट्टेलको दाबी


हेटौंडा ।  बागमती प्रदेशका शालिकराम जम्कट्टेलले आफ्नो आफ्नो कार्यकालको १५ महिनाको अवधिमा धेरै राम्रा काम गरेको दाबी गरेका छन् । सोमबार बसेको प्रदेशसभाको बैठकमा विश्वासको मत माग्दै उनले नीतिगत कामहरु गर्न धेरै कोसिस गरिरहेको बताए ।

मुख्यमन्त्री जम्कट्टेलले सबै दलका नेताहरुलाई एक ढिक्का भएर अगाडि बढ्न आग्रह गरे । प्रदेश सरकारलाई स्थायित्व दिने र प्रदेशबासीको चाहना र अपेक्षाअनुसार काम गर्नेमा एकताबद्ध भएर अगाडि बढ्न उनको जोड थियो ।

‘प्रदेशसभाको हाम्रो बनावटले हामी एउटै दलको प्रष्ट बहुमत नभएको अवस्थामा स्वभाविक रुपमा दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बन्नुपर्ने अहिलेको हाम्रो बाध्यता हो,’ उनले भने, ‘त्यसैले यो बाध्यतालाई हामीले सहज रुपमा स्वीकार गर्दै सहजताको साथ अगाडि बढाऔं र सबै माननीयज्यूहरुलाई सरकारले अगाडि बढाएको बिश्वासको मतको पक्षमा मतदान गर्न सबैलाई अनुरोध गर्न चाहन्छु ।’


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top