नर्स हत्या प्रकरणमा टुइस्ट : मृत अवस्थामा भेटिए आशंका गरिएका प्रेमी


विराटनगर । तीन दिनअघि मृत अवस्थामा फेला परेकी नोबेल अस्पतालमा कार्यरत् नर्सको हत्यामा संलग्न रहेको आशंका गरिएका उनका प्रेमी पनि मृत अवस्थामा फेला परेका छन् ।

विराटनगर महानगरपालिका-४ स्थित होटल फाइनको एउटा कोठामा उनी झुण्डिएको अवस्थामा हिजो राति फेला परेको प्रहरीले जनाएको छ । सिरहा घर भएकी २५ वर्षीया स्टाफ नर्स चन्द्रिका कुमारी दासको हत्यामा संलग्न रहेको संकेतका आधारमा प्रहरीले खोजी गरिरहेका २२ वर्षीय शिवशंकर दास होटलमा मृत फेला परेका हुन् । उनले आत्महत्या गरेको प्रहरीले अनुमान गरेको छ ।

नर्स चन्द्रिकुमारी विराटनगर-४ बुढाथोकी मार्गस्थित धीरेन्द्र गिरीको घरमा कोठा भाडामा लिएर बस्दै आएकी थिइन् । त्यहीँ उनको कोठाको शौचालयमा उनी गत शुक्रबार मृत अवस्थामा फेला परेकी थिइन् ।

घाँटीसहित शरीरका विभिन्न भागमा धारिलो हतियारको चोट भेटिएको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा प्रेमी शिवशंकरले उनको हत्या गरेको केही संकेत पाएपछि प्रहरीले खोजी तीव्र बनाएको थियो ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top