यस्तो छ, आजको विदेशी मुद्रा विनिमय दर


काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार सोमबार अमेरिकी डलर शनिबारको तुलनामा स्थिर छ । आज डलर एकको खरिद दर १३२ रुपैयाँ ३१ पैसा र बिक्री दर १३२ रुपैयाँ ९१ पैसा कायम छ ।

आज युरो एकको खरिद दर १४४ रुपैयाँ ०७ पैसा र बिक्री दर १४४ रुपैयाँ ७३ पैसा कारोबार रकम तोकिएको छ ।  त्यस्तै, आज बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ७१ पैसा र बिक्री दर १६९ रुपैयाँ ३४ पैसामा झरेको छ ।

शनिबार बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ५८ पैसा र बिक्री दर १६९ रुपैयाँ ४७ पैसाले कारोबार भएको थियो । कतारी रियालको मूल्य भने शनिबारको तुलनामा स्थिर छ । आज रियाल एकको खरिद दर ३६ रुपैयाँ २८ पैसा र बिक्री दर ३६ रुपैयाँ ४४ पैसा रहेको छ ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top