विश्व सामाजिक मञ्चको सम्मेलन सुरु


काठमाडौं । विश्व सामाजिक मञ्चको १६ औं सम्मेलन विहीबारदेखि काठमाडौंमा सुरु भएको छ । बिहीबार काठमाडौंको भृकुटीमण्डपमा ‘अर्को विश्व सम्भव छ’ भन्ने नाराका साथ विश्व सामाजिक मञ्चको १६ औं संस्करण सुरु भएको हो । विहीबारदेखि सुरु भएको सम्मेलन ७ गते सम्म हुनेछ ।
उदघाटका दिन विश्वका विभिन्न देशका सांस्कृतिक झाँकीसहित ¥याली निकालिएको छ । सम्मेलनमा १३ वटा मूल विधामा आधारित भएर ठूलासाना गरी ४ सय २ वटा कार्यक्रमहरु र विश्वभरबाट ९२ देशका १ हजार २ सय ५२ वटा संस्था तथा समूहहरु स्वआयोजकका रुपमा दर्ता भएको आयोजकले जनाएका छन् ।
कार्यक्रममा विश्वका सीमान्तकृत समुदाय र वर्गको आवाज उठाइने र विद्यमान विश्व व्यवस्थाले अङ्गीकार गरेका नीति र संरचनाले सिर्जना गरेका नकारात्मक प्रभावबारे आलोचनात्मक बहस हुनेछ ।

 


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top