एक हजार दुई सयले घट्यो सुनको मूल्य


काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एक हजार दुई सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन एक हजार दुई सय रुपैयाँ घटेर प्रतितोला एक लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मंगलबार छापावाल सुन एक लाख १७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै तेजाबी सुन प्रतितोला एक लाख १५ हजार ९ सय ५० रुपैयाँमा कायम छ । त्यसैगरी, आज चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँ घटेको छ । चाँदी प्रतितोला एक हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ  । हिजो मंगलबार चाँदी प्रतितोला एक हजार ३ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top