पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–६, मस्यामको चिदिसमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप डुम्रे र चिदिसको बिच भागमा दुर्घटनामा परेको हो । मृत्यु तथा घाइते हुनेहरु स्थानीय चिदिस गाउँका रहेको उद्धारमा खटिएका वडा अध्यक्ष टोमबहादुर पुनले जानकारी दिए ।
प्रहरी र स्थानीयले घाइतेहरुलाई लुम्बिनी मेडिकल कलेज प्रभासमा पठाएका छन् । मृतक र घाइतेको पहिचान खुलिसकेको छैन । विस्तृत विवरण आउन बाँकी छ ।






