बोल्ने समयसीमा तोक्नु अपमान : बामदेव गौतम


काठमाडौं। राष्ट्रिय सभा सदस्य बामदेव गौतमले आफूलाई यो अपमानजनक पदबाट कहिले मुक्ति पाइएला भन्ने चिन्ता लागेको बताएका छन् । बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले आफ्नो धारणा राख्नका लागि समयको मापदण्ड रहेको भन्दै यस्तो अपमानजनक पदबाट कहिले मुक्त हुने भन्ने बारे सोच्ने गरेको बताए ।

उनले भने, ‘मैले थोरै मात्रै कुरा राख्न चाहेँ किनभने मैले ५ मिनेट मात्र बोल्न पाउँछु, र यो अपमानजनक पदमा कहिलेदेखि मुक्त हुन पाइएला भन्ने मलाइ लाग्छ । तैपनि आफ्नो कुरा राख्नुपर्छ ।’ सरकारमा भएकाले मात्रै यो अवस्थाको जिम्मेवारी बहन गर्नुपर्ने नभइ सबैले नेपाल समृद्ध बनाउने कुरामा सोच्नुपर्ने बताए ।

उनले भने, ‘अहिले नेपाली अर्थतन्त्र धरासायी भइरहेको छ, तर यसलाई सुधार गर्न सकिन्छ । नकारात्मक ढंगले मात्रै हेर्ने होइन र सरकारमा भएकाले मात्रै यो जिम्मेवारी बहन गर्नुपर्ने भन्ने होइन । सरकारमा नभएका र सर्वसाधारण जनताले पनि चाहने विषय भनेको नेपाल कसरी समृद्ध हुन्छ भन्ने हो । यसमा सबैले चिन्तन गर्नुपर्छ ।’

उनले बहुदलीय प्रतिस्पर्धाको माध्यमबाट मुलुकमा समाजवाद स्थापना गर्न सकिन्छ भनेर आजसम्म बनेका कुनै पनि प्रधानमन्त्रीले ढाँचासमेत प्रस्तुत गर्न नसकेको जिकिर गर्दै त्यही कारणले नेपाली पछाडि परेको भनाइ राखे ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top