लुम्बिनी

केन्द्रीय राजनीतिको बाछिटा प्रदेश सरकारमा : लुम्बिनी सरकारबाट बाहिरियो एमाले

काठमाडौं । केन्द्रमा संसदका दुई ठुला दल नेपाली कांगैस र नेकपा एमालले सत्ता सहकार्य गर्ने सहमति गरेसँगै केन्द्रीय राजनीतिको बाछिटा प्रदेश सरकारमा पर्न गएको छ । लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै एमालेका पाँच जना मन्त्रीले बिहीबार संयुक्त राजीनामा बुझाएका छन् । एमालेले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ताको जानकारी प्रदेशसभाका सभामुख तुलाराम घर्तीलाई बुझाइएको र […]

केन्द्रीय राजनीतिको बाछिटा प्रदेश सरकारमा : लुम्बिनी सरकारबाट बाहिरियो एमाले Read More »

लुम्बिनीका मुख्यमन्त्री महराले शुक्रबार विश्वासको मत लिने

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले शुक्रबार दिउँसो १ बजे प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि चैत्र २३ गते मुख्यमन्त्री बनेका महराले शुक्रबार प्रदेशसभामा विश्वासको मत लिने प्रस्ताव पेश गर्ने कार्यसूची छ । संविधानबमोजिम मुख्यमन्त्री नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । तर महराले एक साता

लुम्बिनीका मुख्यमन्त्री महराले शुक्रबार विश्वासको मत लिने Read More »

भोलिदेखि राष्ट्रिय महिला उद्यमी सम्मेलन

लुम्बिनी। महिला उद्यमीद्वारा सञ्चालित उद्योग व्यवसायको विकास, विस्तार एवं प्रवर्द्धनका लागि भोलिदेखि भैरहवामा राष्ट्रिय महिला उद्यमी सम्मेलन सुरु हुँदैछ । नेपाल उद्योग वाणिज्य महासंघ, महिला उद्यमी विकास समितिको अग्रसरता, महासंघ लुम्बिनी प्रदेश र सिद्धार्थ उद्योग वाणिज्य संघको समन्वय एंव सहकार्यमा हुने सम्मेलनमा सहभागी हुन कोशी प्रदेशका महिला उद्यमीको टोली त्यसतर्फ प्रस्थान गरेको छ । दुई

भोलिदेखि राष्ट्रिय महिला उद्यमी सम्मेलन Read More »

रामग्राम निजी कम्पनीलाई दिने प्रक्रिया खारेज

काठमाडौं । लुम्बिनी विकास कोषले रामग्राम क्षेत्रको विकासको जिम्मा निजी कम्पनीलाई दिन थालेको प्रक्रिया खारेज गर्न सार्वजनिक लेखा समितिले सरकारलाई दिएको निर्देशन कार्यान्वयनमा गएको छ । नवलपरासीको रामग्राम क्षेत्र विकासको जिम्मा निजी कम्पनीलाई दिन थालेको  प्रक्रिया प्रक्रिया खारेज गर्न समितिको आइतबारको बैठकले सरकारलाई निर्देशन दिएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको अध्यक्षतामा

रामग्राम निजी कम्पनीलाई दिने प्रक्रिया खारेज Read More »

राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा कांग्रेस र माओवादी विजयी

बुटवल । राष्ट्रिय सभा सदस्य चुनाव अन्तर्गत लुम्बिनी प्रदेशबाट सत्ता गठबन्धनका दुबै उम्मेदवार विजयी भएका छन् । महिलातर्फ कांग्रेसकी विष्णुकुमारी सापकोटा निर्वाचित भएकी छन् । सापकोटाले ५४३५ मत भार प्राप्त गरी विजयी हुँदा नेकपा एमालेकी तुलसा केसीले २८६७ मतभार प्राप्त गरेकी निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले बताए । गुल्मीकी सापकोटा संस्थापन इतरकी हुन् । सुरुमा उनको

राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा कांग्रेस र माओवादी विजयी Read More »

बुटवलमा सार्वजनिकस्थलका घरटहरा हटाउन थालियो

लुम्बिनी । बुटवल उपमहानगरपालिकाले सार्वजनिकस्थलमा निर्माण भएका घरटहरा हटाउन सुरुवात गरेको छ । सार्वजनिकस्थल अतिक्रमण गरी संरचना बनाएका ठाउँ खाली गरेर विश्रामस्थल, उद्यान र चौतारी निर्माण गर्ने उद्देश्यले सार्वजनिकस्थलमा निर्माण भएका घरटहरा हटाउन थालिएको उपमहानगरपालिकाले जनाएको छ । अतिक्रमित क्षेत्र हटाउने कार्यक्रमअन्तर्गत आइतबार वडा नं ५ हाटबजार लाइनका तीन  र नेपालगञ्ज रोडको एक टहरा भत्काइएको

बुटवलमा सार्वजनिकस्थलका घरटहरा हटाउन थालियो Read More »

Scroll to Top