कला/संस्कृति

आज देशभर विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै, हनुमानढोकामा वसन्त श्रवण

काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ। यस अवसरमा आज बिहान ०७ः५५ बजे नासल चोकमा वसन्त श्रवण गरी मनाइँदै छ। नेपाल पञ्चांग निर्णायक विकास समितिले दिएको साइतअनुसार बिहान ०७ः ५५ बजे हनुमानढोकाको नासलचोकमा वसन्त श्रवणको कार्यक्रम राखिएको हो। वसन्त […]

आज देशभर विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै, हनुमानढोकामा वसन्त श्रवण Read More »

आज तामाङ समुदायले सोनाम ल्होछार मनाउँदै

काठमाडौं । आज माघ शुक्ल प्रतिपदा, तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरेर नयाँ वर्षका रुपमा सोनाम ल्होछार मनाउँदै छन् । आजदेखि खरायो वर्ग पूरा भएर गरुढ वर्ष प्रवेश भएको छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन , सर्प, घोडा, भेडा, बाँदर, चरा,

आज तामाङ समुदायले सोनाम ल्होछार मनाउँदै Read More »

आज हरिबोधिनी एकादशी पर्व, तुलसी र दामोदरको विवाह गरेर मनाइँदै

रासस/काठमाडौं । हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरी यो पर्व मनाइँदै छ । प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ । आसार शुक्ल एकादशी अर्थात्

आज हरिबोधिनी एकादशी पर्व, तुलसी र दामोदरको विवाह गरेर मनाइँदै Read More »

उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै छठ पर्व सम्पन्न

काठमाडौं । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै छठ पर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्वको चौथो दिन आज बिहान देशभरिका जलाशयबाट उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै छठ पर्व सम्पन्न भएको हो । व्रतालुले अघिल्लो दिन अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरेका थिए । भजनकिर्तनसहित रातभर जाग्राम बसेका व्रतालुले आज बिहानै

उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै छठ पर्व सम्पन्न Read More »

छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यको पूजाआराधना गरिँदै

काठमाडौं । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व मङ्गलबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफलहोस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डव

छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यको पूजाआराधना गरिँदै Read More »

रौतहटमा छठको तयारी अन्तिम चरणमा

रौतहट । तराइबासी हिन्दूहरुको ठूलो र पवित्र पर्व छठ पूजाको तयारी रौतहटमा अन्तिम चरणमा पुगेको छ । कडा धार्मिक नियम, आस्था र विश्वासका साथ मनाइने चार दिवसीय यो पर्व मंगलबार सुरु भएको छ । हिन्दू धार्मिक मान्यताको आधारमा यो पर्व वर्षमा दुई पटक कात्तिक र चैत्रमा निष्ठापूर्वक मनाइन्छ । कात्तिक शुक्ल चतुर्दशीका दिन सुरु हुने

रौतहटमा छठको तयारी अन्तिम चरणमा Read More »

मिथिलाञ्चलमा आज भाइदुज पर्व मनाइँदै

रौतहट । धनुषा, महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलकी दिदीबहिनीहरूले आज आ-आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै भाइदुज पर्व मनाउँदै छन् । यमपञ्चक अर्थात दीपावली पर्वको अन्तिम तथा पाँचौ दिन कात्तिक शुक्ल द्वितीया तिथिमा दिदीबहिनीले दाजुभाइलाई निम्त्याएर पूजन गर्ने मैथिल परम्परा छ । मिथिलामा यस पर्वलाई भाइदुज, भैयादुज, भरद्वितीया र भातृद्वितीया पनि भन्ने चलन छ । यो पर्वमा विवाहित

मिथिलाञ्चलमा आज भाइदुज पर्व मनाइँदै Read More »

आज भाइटीका, बिहान ११: ३७ बजे उत्तम साइत

काठमाडौं । यमपञ्चकको पाँचौं दिन आज भाइटीका दिदीबहिनीले आफ्ना दाजुभाइलाई सप्तरंगी टीका लगाएर मनाउँदैछन् । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका लगाउँदछन् । टीकाका लागि उत्तम साइत ११ बजेर ३७ मिनेट तोकिएको छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने

आज भाइटीका, बिहान ११: ३७ बजे उत्तम साइत Read More »

कात्तिक शुक्ल प्रतिपदा: म्हः (आत्म) पूजा

काठमाडौँ । कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायमा  म्हः (आत्म) पूजा गरिँदैछ । प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले आत्म  (म्हः) पूजा पर्व मनाउने गर्दछन् । मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्त्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् । आत्मसन्तुष्ट बनाई खुसी राख्न

कात्तिक शुक्ल प्रतिपदा: म्हः (आत्म) पूजा Read More »

आज कात्तिक शुक्ल प्रतिपदा : गाई,गोरु र गोवर्द्धन पूजा गरिंदै

काठमाडौं । आज कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात तिहारको चौंथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य

आज कात्तिक शुक्ल प्रतिपदा : गाई,गोरु र गोवर्द्धन पूजा गरिंदै Read More »

Scroll to Top