ओलीले लिए प्रधानमन्त्रीको पदभार


काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेका छन् । सिंहदरबारस्थिति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् । सोमबार दिउँसो राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिएका प्रधानमन्त्री ओलीले आजै पदभार गरेका हुन् ।

त्यसअघि ओलीले लैनचौरस्थित सहिद स्मारक पुगेर सहिदको शालिकमा माल्यार्पण गरेका थिए । ओली शीतल निवासमा आयोजित शपथ समारोहबाट सिधै लैनचौर गएका हुन् । प्रधानमन्त्रीसँगै नवनियुक्त मन्त्रीहरूले पनि सहिद स्मारक पुगेर सहिदको शालिकमा माल्यार्पण एवम् पुष्पगुच्छा अर्पण गरेका थिए ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top