इलाममा आजै मतगणना सुरू हुने, बझाङमा भोलि


इलाममा आजै मतगणना सुरू गर्ने तयारी गरिएको छ। इलामका प्रमुख निर्वाचन अधिकृत केशवकुमार घिमिरेले सबै मतदानस्थल र केन्द्रमा मतगणना सम्पन्न भएको र आजै बेलुकादेखि मतगणना सुरू गर्ने तयारी रहेको जानकारी दिए।

‘अहिले मुचुल्का गर्ने र मतपेटिका जम्मा पार्ने काम भइरहेको छ, प्रक्रिया पूरा गरी आजैदेखि मतगणना सुरू गरौं भन्ने छ,’ उनले भने। मतपेटिका ल्याउन अप्ठ्यारो नभएको र सबै केन्द्रहरूमा सडकबाटै मतपेटिका ल्याउन सकिने भएकाले आजै गन्न सम्भव रहेको पनि उनले बताए।

इलाम-२ को मतगणना सदरमुकामस्थित सिटी हलमा हुनेछ। त्यहाँ तारजालीदेखि सिसी क्यामेरासम्म सबै पूर्वाधारसहित मतगणनास्थललाई सुरक्षित बनाइएको उनले घिमिरेले जानकारी दिए। ‘मतपेटिका संकलन भएपछि सर्वदलीय बैठक गरी मतगणना सुरू गर्नेबारे निर्णय हुन्छ,’ उनले भने।

बझाङमा भने आजै मतगणना सुरू गर्न सम्भव नभएको प्रमुख जिल्ला अधिकारी विश्वमित्र कुइकेलले जानकारी दिए। साइपालबाट मतपेटिका ल्याउन हेलिकोप्टर तयारी अवस्थामा राखिएको भएपनि पानी परेका कारण मौसम अनुकूल नभएको उनले बताए। ‘भोलिसम्म मौसम खुल्छ त्यसपछि मात्रै गणना सुरू हुन्छ,’ उनले भने।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top