इलाम २ मा मतदान सकियो, ५७ प्रतिशत मत खसेको अनुमान


इलाम | इलाम २ मा भएको उपनिर्वाचनअन्तर्गत मतदान सकिएको छ। मुख्य निर्वाचन अधिकृत केशव घिमिरेका अनुसार ७९ मतदानस्थलका १४९ मतदान केन्द्रमै मतदान सकिएको हो।

घिमिरेका अनुसार इलाम २ मा एक लाख १५ हजार ८८९ मतदातामध्ये करिब ६६ हजार मत खसेको छ। करिब ५७ प्रतिशत मत खसेको आकलन गरिएको उनले बताए। ‘सबै ठाउँमा शान्तिपूर्ण रूपमा मतदान सकिएको छ। अहिले मतपेटिका मुचुल्का उठाएर सिल गर्ने काम भइरहेको छ,’ उनले भने, ‘करिब ६६ हजार मत खसेको रिपोर्ट आएको छ।’

आज राति १० बजेसम्म इलाम सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका ल्याइने उनले बताए। त्यसपछि सर्वदलीय बैठक बसेर गणनाको निर्णय लिइने उनको भनाइ छ। केहीबेरपछि सुरक्षाका साथ मतपेटिका सदरमुकाम इलाम बजार लगिनेछ।

शनिबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान भएको थियो। इलाम २ मा एक स्थानका लागि राजनीतिक दलका १२ र स्वतन्त्र उम्मेदवार सातजना गरी १९ जनाले चुनावी प्रतिस्पर्धामा भाग लिएका छन्।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top