राष्ट्रियसभा निर्वाचन : कांग्रेसका युवराज शर्माको प्रस्ताव बहुमतले अस्वीकृत, पक्षमा १७ मत


काठमाडौं | राष्ट्रियसभा अध्यक्षमा नेपाली कांग्रेसका युवराज शर्मालाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । उनी नेपाली कांग्रेसलगायत विपक्षी दलहरूको समर्थनमा राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनेका थिए । 

मंगलाबार राष्ट्रियसभामा भएको मत विभाजन प्रक्रियाबाट शर्मालाई राष्ट्रियसभा अध्यक्ष निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत भएको हो । उनको प्रस्तावको पक्षमा १७ मत खस्यो भने विपक्षमा ३९ मत खस्यो ।  अब नारायण दाहाललाई अध्यक्ष पदममा निर्वाचित गरियोस् भन्ने प्रस्तावमा मत विभाजन भइरहेको छ ।  


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top