‘राजनीतिक पात्र फेरिने जनताको अवस्था नफेरिने कहिलेसम्म ?’


काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले नयाँ सत्ता समीकरणको सरकारले कर्णालीका जनताले पनि अनुभूत गर्न सक्नेगरी परिणममुखी काम गर्नुपर्नेमा जोड दिएका छन् । बिहीबार प्रतिनिधि सभाको शून्य समयमा बोलेका सांसद पन्तले जहिले पनि नयाँ सरकार बन्दा नेतृत्वमा जाने पात्र र तिनका अवस्था फेरिने तर उनीहरुले गरेको कामले आम जनताको अवस्था नफेरिने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए ।

उनले कर्णाली प्रदेशको कालीकोटका जनता नुन किन्न सधैं लाइनमा बस्नुपर्ने बाध्यात्मक अवस्थाको उदाहरण दिँदै भने, ‘सरकार फेरिएको सार्थकता त्यसबेला हुन्छ, जव कर्णालीका जनताले नुन किन्न लाइनमा बस्नु पर्दैन् ।’

पन्तले नयाँ सत्ता समीकरणमा बनेको सरकारलाई परिणामुखी काम गरेर देखाउन सचेत गराए । ‘जनताले पात्रहरुमा मात्र परिवर्तन खोजेका होइनन्, उनीहरुले आफ्नो परिस्थितिमा पनि परिवर्तन खोजेका छन् । त्यो कुरालाई सरकारले हेक्का राखेर काम गरोस्’ पन्तले भने ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top