सन्दीप लामिछाने पुनरावेदनका लागि उच्च अदालतमा


काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने जिल्ला अदालत काठमाडौंको फैसलामाथि पुनरावलोकनको निवेदन लिएर उच्च अदालत पाटन गएका छन् । उनी बिहीबार निवेदन दर्ताका लागि आफ्नो कानुनव्यवसायीसहित उच्च अदालत पुगेका हुन् ।

जिल्ला अदालत काठमाडौंले गौशाला २६ द्वारा दायर गरिएको बलात्कारको मुद्दामा लमछिानेलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाइएको थियो । जिल्ला अदालतको उक्त फैसला चित्त नबुझेको भन्दै उनले पुनरावेदन गरेका हुन् । पुनरावेदनको फैसला नआउञ्जेल भने उनी जेल बस्नुपर्ने छैन ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top