भारतको टी-२० टिममा विराट र रोहित फर्किए


काठमाडौं ।  अफगानिस्तानविरुद्ध घरेलु मैदानमा ११ जनावरीदेखि सुरु हुने तीन खेलको टी-२० सिरिजका लागि भारतले राष्ट्रिय टिम घोषणा गरेको छ ।  टिममा कप्तान रोहित शर्मा र ब्याटर विराट कोहलीले पुनरागमन गरेका छन् । विराट र रोहितको टिममा आगमनलाई यो वर्षको जुनमा अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपका लागि महत्वपूर्ण मानिएको छ । टिममा सूर्यकुमार यावद र  हार्दिक पाण्ड्या चोटका कारण सामवेश छैनन् । ‍

खेल तालिका :
११ जनवरी, पहिलो टी-२० आई, मोहाली
१४ जनवरी, दोस्रो टी-२० आई, इन्दोर
१७ जनवरी, तेस्रो टी-२० आई, बैंगलोर

भारतीय टिम :

रोहित शर्मा (कप्तान), शुभमन गिल, यशस्वी जैसवाल, विराट कोहली, तिलक वर्मा, रिंकु सिंह, जितेश शर्मा (विकेटकिपर), सञ्जु सामसन (विकेटकिपर), शिवम दुबे, वाशिंगटन सुन्दर, अक्षर पटेल, रवि बिश्नोई, कुलदीप यादव, अर्शदीप सिंह, आवेश खान र मुकेश कुमार।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top