काठमाडौं । वैदेशिक रोजगारीबाट फर्किएका तथा स्वदेशमै सीप, क्षमता र उद्यमशील सोच भएका युवालाई आफ्नै देशमा व्यवसाय सञ्चालन गर्न प्रोत्साहित गर्ने उद्देश्यले नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले ‘घर फर्की उद्यमशील कर्जा’ कार्यक्रम सञ्चालनमा ल्याएको छ।
”सीपलाई अवसरसँग जोडौँ, श्रमलाई उद्यममा बदलौँ र स्वदेशमै आत्मनिर्भर भविष्य निर्माण गरौँ” भन्ने मुल भाव सहित विदेशमा सिकेको सीप, हासिल गरेको अनुभव र आर्जन गरेको पुँजीलाई स्वदेशमै सदुपयोग गर्दै स्वरोजगार तथा आत्मनिर्भरता प्रवर्द्धन गर्ने लक्ष्यसहित सुरु गरिएको यस कार्यक्रमले नेपालमै केही गर्न चाहने तर पुँजी अभावका कारण उद्यम सुरु गर्न नसकेका युवालाई समेत अवसर प्रदान गर्नेछ।
संस्थाको सञ्चालक समितिबाट स्वीकृत कर्जा योजनाअनुसार कृषि तथा पशुपालन, तरकारी तथा फलफूल खेती, माछापालन, मौरीपालन, घरेलु तथा साना उद्योग, खाद्य प्रशोधन, सिलाइ–गार्मेन्ट, अटो तथा ई–रिक्सा, मर्मत सेवा, होटल तथा रेस्टुरेन्ट, सूचना प्रविधि, पर्यटन तथा स्थानीय उत्पादनको व्यापारलगायत उत्पादनशील क्षेत्रमा लगानीका लागि कर्जा उपलब्ध गराउन सकिनेछ।
‘युवाले विदेशमा मात्र होइन, आफ्नै देशमा पनि भविष्य देख्न सक्नुपर्छ’
नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिनबहादुर बोहराले ‘घर फर्की उद्यमशील कर्जा’ युवाको सीप, श्रम र उद्यमशील सोचलाई आर्थिक अवसरसँग जोड्ने पहल भएको बताएका छन्।
कृषि, उद्योग, व्यापारदेखि सेवामूलक व्यवसायसम्म कर्जा
संस्थाका कर्जा विभाग प्रमुख घनश्याम चौधरीका अनुसार योजनाअन्तर्गत कृषि तथा पशुपालन, उत्पादन तथा प्रशोधन, सेवामूलक व्यवसाय र व्यापारलगायत विभिन्न उत्पादनशील क्षेत्रमा कर्जा लिन सकिनेछ।
कर्जा समूहमा आबद्ध सदस्यका साथै समूहमा आबद्ध नभएका योग्य व्यक्तिले समेत योजनाका प्रचलित मापदण्ड पूरा गरी आवेदन दिन सक्ने व्यवस्था रहेको संस्थाले जनाएको छ।
कर्जाको सीमा, ब्याजदर, धितो वा समूह जमानी, भुक्तानी अवधि तथा अन्य सर्तहरू कर्जाको प्रकार, व्यवसायको सम्भाव्यता, ऋणीको क्षमता र संस्थाको प्रचलित नीतिअनुसार निर्धारण हुनेछन्। इच्छुक व्यक्तिले कर्जा लिनुअघि आफ्नो व्यवसायको प्रकृति र आवश्यकताअनुसार लागू हुने सर्तबारे जानकारी लिन सक्नेछन्।
कर्जासँगै स्वरोजगार र रोजगारी सिर्जनाको लक्ष्य
सीप र श्रम भए पनि पर्याप्त पुँजी नहुँदा उद्यमशील सम्भावना उपयोग गर्न नसकिरहेका युवाका लागि लक्षित कर्जा कार्यक्रम उपयोगी हुन सक्ने देखिन्छ। उत्पादनशील क्षेत्रमा लगानी बढाउन सके व्यक्तिगत आम्दानीमा वृद्धि हुनुका साथै पारिवारिक जीवनस्तर सुधार, स्थानीय रोजगारी सिर्जना र आर्थिक गतिविधि विस्तारमा समेत योगदान पुग्न सक्छ।
नेरूडे मिर्मिरेको यो पहलले वैदेशिक रोजगारीबाट फर्किएका युवालाई स्वदेशमै व्यवसाय सञ्चालन गर्न प्रोत्साहित गर्नुका साथै नेपालमै सीप हासिल गरेका युवालाई पनि उद्यमशीलताको बाटो रोज्न प्रेरित गर्ने अपेक्षा गरिएको छ। स्वदेशमै उद्यम गर्ने अवसर विस्तार हुँदा युवाको सीप र क्षमताको उपयोग, स्थानीय स्रोतसाधनको परिचालन तथा रोजगारी सिर्जनामा सहयोग पुग्न सक्ने विश्वास संस्थाले लिएको छ।
नजिकको शाखाबाट लिन सकिन्छ थप जानकारी
‘घर फर्की उद्यमशील कर्जा’बारे थप जानकारी लिन इच्छुक व्यक्तिले नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडका देशभर रहेका २२५ शाखा कार्यालयमध्ये आफूलाई पायक पर्ने नजिकको शाखामा सम्पर्क गर्न सक्नेछन्। शाखा कार्यालयबाट कर्जाका लागि आवश्यक योग्यता, कर्जाको सीमा, आवश्यक कागजात, ब्याजदर, भुक्तानी अवधि तथा अन्य सर्तबारे जानकारी लिन सकिनेछ।
लघुवित्त वित्तीय संस्थाहरूले विपन्न तथा न्यून आय भएका समुदायलाई वित्तीय सेवामा पहुँच पुर्याउँदै स्वरोजगार सिर्जना, उद्यमशीलता प्रवर्द्धन र गरिबी न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्।
यसै उद्देश्यलाई थप प्रभावकारी बनाउँदै नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका तथा नेपालमै सीप, क्षमता र उद्यमशील सोच भएका युवाको सीप, अनुभव, बचत र पुँजीलाई स्वदेशमै उत्पादनशील क्षेत्रमा परिचालन गरी आत्मनिर्भर उद्यमी बनाउने लक्ष्यसहित ‘घर फर्की उद्यमशील कर्जा’ कार्यक्रम सञ्चालनमा ल्याएको छ।
यस कर्जामार्फत कृषि तथा पशुपालन, उत्पादन तथा प्रशोधन, सेवामूलक व्यवसाय, व्यापारलगायत सम्भाव्य उत्पादनशील उद्यम स्थापना तथा विस्तारका लागि प्रचलित मापदण्डअनुसार वित्तीय सहयोग उपलब्ध गराइनेछ। कार्यक्रमले विदेशमा आर्जन गरेको सीप, अनुभव र पुँजीलाई स्वदेशमै सदुपयोग गर्न चाहने युवाका साथै नेपालमै सीप हासिल गरी उद्यम सञ्चालन गर्न इच्छुक व्यक्तिलाई समेत उद्यमशीलताको अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।







