मधेश र गण्डकी प्रदेशमा ग्लोबल आइएमई बैंककाे नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन


काठमाडौं । ग्लोबल आइएमई बैंकले १७औं वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मधेश र गण्डकी प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

बैंकले मधेश प्रदेश अन्तर्गत सिरहा जिल्ला सुखिपुर नगरपालिका वडा नं. ८ स्थित सुखिपुर स्वास्थ्य चौकीमा १७० र गण्डकी प्रदेश म्याग्दी जिल्ला अन्नपूर्ण गाँउपालिका वडा नं. ६ पोखरे आधारभूत विद्यालयमा १८० भन्दा बढी महिलाहरूको स्वास्थ्य चेकजाँच गरी स्थानीय महिलाहरूलाई प्रत्यक्षरूपमा लाभान्वित गरेको हो ।

नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सञ्चालित उक्त शिविरमा स्त्रीरोग विज्ञहरूले स्त्रीरोगसम्बन्धी विभिन्न सेवाहरू निःशुल्क रूपमा उपलब्ध गराएको हो ।  प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान गर्नेछ, जसलाई स्वास्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिनेछ ।

देशका ७७ वटै जिल्ला तथा तीन अन्तर्राष्ट्रिय सम्पर्क/वैदेशिक प्रतिनिधि कार्यालय सहित १ हजार एक सयभन्दा बढी सेवा केन्द्रबाट बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top