सरकारले रासायनिक मलको व्यवस्था गरोस् : अमरेश कुमार सिंह


काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंहलेले रासायनिक मलको व्यवस्था गर्न माग गरेका छन् । सोमबार प्रतिनिधिसभामा शून्य समयमा बोल्दै उनले भनेका छन्, ‘पर्याप्त मलको व्यवस्था सरकारले गरोस् । अब १०/१५ दिनमै रोपाईं सुरु हुन्छ ।’

साथै, उखु किसानको भुक्तानीका लागि पनि उनले आग्रह गरेका छन् । उनका अनुसार उखु किसानको पैसा चिनी मिलले दिन सकेको छैन । सरकारले दिने रकम पनि उपलब्ध भएको छैन ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top