सरकारको एक वर्ष बारे प्रचण्ड : यो वर्ष खेर फालियो


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओली नेतृत्वको सरकारको एक वर्षलाई अर्थतन्त्रका लागि अवसर खेर फालिएको समयावधिको रूपमा टिप्पणी गरेका छन् ।

प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका प्रचण्डले सोमबार संसद्‌मा विशेष सम्बोधन गर्दै अघिल्लो सरकारले थालेका योजनाबाट प्राप्त परिणामबाहेक वर्तमान सरकार आफैंले कुनै उल्लेखनीय काम नगरेको आरोप लगाए ।

‘रोजगारीको अवसर सिर्जना नभएकोले वैदेशिक रोजगारीमा जानेको संख्या बढेको छ, र त्यसैकारण रेमिटेन्स बढेको देखिएको हो। तर, सरकारले यसलाई आफ्नै उपलब्धि भनेर भ्रम छर्न खोजेको छ’ उनले भने ।

उनले ब्याजदर घट्दा पनि कर्जा प्रवाह नहुनु, बैंकहरूमा ६–७ खर्ब रुपैयाँ थुप्रिनुजस्ता तथ्यांक प्रस्तुत गर्दै सरकारले स्रोत साधनको सदुपयोग गर्न नसकेको आरोप लगाए ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top