निर्मल निवासमा यसरी मनाइयो ज्ञानेन्द्रको जन्मदिन (तस्वीरहरू)


काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आज आफ्नो ८० औं जन्मदिन मनाएका छन् । निर्मल निवासमा आयोजित एक विशेष कार्यक्रममा ज्ञानेन्द्रले आफ्नो जन्मदिन मनाएका हुन् ।

उनको जन्मदिनमा सहभागी हुन पुग्ने समर्थकहरूको बाक्लो भिड थियो । समर्थकहरूले लाइन बसेरै पूर्वराजा शाहलाई शुभकामना दिए । जन्मोत्सवको अवसरमा शाहले अहिले नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय भएको बताए ।

पूर्वराजा शाहले नेपालमा जन्मिएर मात्र नेपाली नहुने भन्दै नेपाल नै आफूभित्र समाहित हुनुपर्ने र त्यसपछि मात्रै नेपालको माया जाग्ने पनि बताए ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top