रास्वपाको हस्ताक्षर अभियान र चन्दा संकलन बन्द गर्न चितवन कांग्रेसको चेतावनी


काठमाडौं । नेपाली कांग्रेस चितवनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जिल्लाभर हस्ताक्षर र चन्दा संकलन अभियान चलाएको भन्दै आपत्ति जनाएको छ। चितवन कांग्रेसले एक विज्ञप्ति जारी गर्दै रास्वपाको हस्ताक्षर अभियान र चन्दा संकलन बन्द गर्न चेतावनी दिएको हो ।

चितवन कांग्रेसले आर्थिक अपचलनको विषयमा अनुसन्धानको दायरामा रहेका व्यक्तिसँग सम्बन्धित रहेर पुनः चन्दा संकलन अभियान नै सञ्चालन गरिनुले जनमानसमा थप शंका उत्पन्न गरेको पृष्ठभूमिमा अनाधिकृत रुपले चन्दा संकलन गर्ने कार्य तत्काल रोकी सम्बन्धित पक्षलाई कानुनी दायरामा ल्याउन माग गरेको छ ।

कांग्रेसका सभापति राजेश्वर खनालले जारी गरेको विज्ञप्तिमा भनेका छन्, ‘सहकारी पिडितहरूको उजुरी र संसदीय छानबिन समितिको प्रतिवेदनका आधारमा अनुसन्धानका क्रममा रहेका व्यक्तिका सम्बन्धमा सर्वसाधारण जनतालाई दवाब र प्रभावमा पारी सञ्चालन गरिएको यस प्रकारको क्रियाकलाप कानुनी राज्य र विधिको शासन विपरीत भएको ठहर गर्दै दवाब र प्रभावजन्य यस्ता कार्यहरू तत्काल बन्द गरी सम्मानित अदालत र सम्बद्ध पक्षको अनुसन्धान कार्यमा अवान्छित प्रभाव नपार्न सम्बन्धित राजनीतिक दल र सो क्रियाकलापमा संलग्न व्यक्तिहरू समक्ष हामी जोडदार माग गर्दछौं ।’


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top