एक साताका लागि प्रतिनिधि सभाको बैठक स्थगित


काठमाडौं । प्रतिनिधिसभाको बैठक एक साताका लागि स्थगित गरिएको छ । आइतबार बसेको बैठकले संघीय निजामती सेवा विधेयक पारित गरेपछि सभामुख देवराज घिमिरेले अर्को बैठक असार २३ गते दिउँसो १ बजे बस्ने गरी स्थगित भएको घोषणा गरेका हुन् ।

सभामुख घिमिरेले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पेश गरेको निजामती सेवा विधेयकमाथिको छलफलपछि निर्णय सुनाउँदै आगामी बैठकको मिति तोकेका हुन् ।

आजको बैठकमा विभिन्न सांसदहरूले विधेयकमाथि आ-आफ्नो धारणा व्यक्त गरेका थिए । विधेयक पारित भएपछि प्रतिनिधिसभा आगामी एक साताका लागि स्थगन गरिएको हो ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top