कुखुरा मासुको मूल्य घट्यो


काठमाडौं । बजारमा आज शुक्रबारदेखि लागु हुने गरी कुखुरा मासुको मूल्य घटेको छ । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघ अध्यक्ष जंगबहादुर बीसीले कुखुरा मासुको मूल्य किलोमा १० रुपैयाँदेखि १५ रुपैयाँसम्म घटेको जानकारी दिए ।

बीसीका अनुसार जिउँदो कुखुरामा प्रतिकिलो १० रुपैयाँ घटेर २ सय ५० रुपैयाँ कायम भएको छ । यसअघि जिउँदो कुखुरा किलोको २ सय ६० रुपैयाँ थियो ।

यस्तै तयारी कुखरा मासुको मूल्य पनि घटेको छ । तयारी मासु प्रतिकिलो १५ रुपैयाँले घटेको हो । यसअघि ३ सय ८० रुपैयाँ रहेको तयारी मासुको मूल्य ३ सय ६५ रुपैयाँमा झरेको अध्यक्ष बीसीले बताए ।

गर्मीमा मासु खपत कम हुने हुँदा मूल्य घटेको उनले बताए । ‘अहिले माग कम छ, गर्मीमा मागभन्दा बढी उत्पादन भएका कारण मूल्य घटेको हो,’ संघ अध्यक्ष बीसीले भने ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top