कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णयको स्वामित्व कांग्रेसले लिन्न, विनाशकाले विपरीत बुद्धि


काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णयको स्वामित्व नेपाली कांग्रेसले नलिने बताएका छन्।

सरकारले कुशासनको निरन्तरताको अर्को कडी यो रहेको भन्दै यसको स्वामित्व सरकारमा सहभागी रहेको दल कांग्रेसले नलिने उनले बताएका हुन्। साथै, उनले सरकारका गतिविधिको विरोध गर्दै यसरी कतिदिन चल्ने र चलाउने भनी प्रश्नसमेत गरेका छन्।

‘सरकारको कुशासनको निरन्तरताको अर्को कडी: कुलमान घिसिङलाई हटाउने सरकारी निर्णयको पुष्टि न कहिल्यै सरकारले गर्न सक्छ, न पार्टीले,’ उनले भने,’नेपाली कांग्रेसले त यसको स्वामित्व लिनै हुन्न। यसरी कतिदिन चल्ने र चलाउने? विनाशकाले विपरित बुद्धि।’

हिजो सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेको हो।

घिसिङलाई २०७८ साउन २५ गतेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो। उनी दोस्रो कार्यकालका लागि प्राधिकरणमा नियुक्त भएका थिए।

हिजो बसेको बैठकले कुलमानलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय सरकारले गरेको हो।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top