अमेरिकी सहयोग दुरुपयोग गर्नेहरूको सूची जारी गरियोस् : सांसद खतिवडा


काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले अमेरिकी सहयोग दुरुपयोग गर्नेहरूको सूचीसहित श्वेतपत्र जारी गर्न सरकारसँग माग गरेका छन् ।प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्ने क्रममा उनले यस्तो माग गरेका हुन् ।

एनजीओ तथा आइएनजीओमार्फत आएको रकम दुरुपयोग गरिएको भनदै उनले् मुलुककै बदनाम गरिएको उल्लेख गरे ।

‘एनजीओ र आइएनजीओका नाममा आएका रकमहरू कति छन् । त्यो रकम दुरुपयोग गरियो भनेर सारा नेपाललाई नै बद्नाम गर्ने काम गरेको छ सरकारले भएको के हो श्वेतपत्रको रुपमा जारी गरोस्,’ उनले भने ।

उनले अमेरिकाले गैरकानूनी रुपमा बसेका गैरआवासीय नागरिक फिर्ता पठाउने क्रममा अमानवीय व्यवहार गरेको समेत बताए ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top