काठमाडौं । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सरकारको कारणले स्थानीय सरकारले राम्रोसँग काम गर्न नसकेको बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै शाहीले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पठाउन सरकारले आनाकानी गर्ने गरेको भन्दै सरकारको कारण स्थानीय सरकारले राम्रोसँग काम गर्न नसकेको बताएका हुन् ।
उनले अहिले काठमाडौंसहित धेरै पालिकामा प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा शिक्षक,कर्मचारीदेखि काठमाडौंमा सरसफाइ गर्ने कर्मचारीले तलब खान नपाएको उल्लेख गरे ।
उनले तहमा प्रमुख प्रशासकीय अधिकृतलाई स्थानीय तहमा पठाउन रोक्ने काम भएको भन्दै भत्र्सना समेत गरे । सांसद शाहीले दुर्गममा समानीकरण अनुदान कटौती भएकाले यथासीघ्र यसमा ध्यान दिन आग्रह गरे ।






