काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको बोर्ड बैठकले उद्योगको लाइन नकाट्ने निर्णय गरेको छ । बुधवार दिउँसो बसेको बैठकले ऊर्जामन्त्री दीपक खड्काको प्रस्तावलाई पारित गरेको एक सदस्यले जानकारी दिए ।
मंगलबार विद्युत् नियमन आयोगले प्राधिकरणलाई लेखेको पत्रमा टेकेर ऊर्जामन्त्री दीपक खड्काले लाइन काट्न नहुने प्रस्ताव गरेका थिए । बोर्डका दुई सदस्य कपिल आचार्य र भक्तबहादुर पुनले भने फरक मत राखेका थिए ।
यसअघि कार्तिक २५ गतेको मन्त्रिपरिषद बैठकले टिओडी मिटरका आधारमा १५ दिनभित्र विद्युतको बक्यौता उठाउने निर्णय गरेको थियो । त्यसको दुई दिनपछि बसेको प्राधिकरणको बोर्ड बैठकले त्यसलाई कार्यान्वयन गर्ने निर्णय गरेको थियो । १५ दिनको समय आज सकिँदै छ ।






