फोहोर गरेको भन्दै काठमाडौं महानगरले लगायो एमालेलाई १ लाख जरिवाना


काठमाडौं । काठमाडौं महानगरपालिका कार्यालयले नेकपा एमालेलाई जरिवाना गरेको छ। शुक्रबार काठमाडौंको दरबारमार्गमा कार्यक्रम आयोजना गरेर जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई एक लाख रूपैयाँ जरिवाना गरेको हो।

महानगरद्वारा नेकपा एमाले पार्टी कार्यालयलाई प्रेसित पत्रमा भनिएको छ – मंसिर ७ गते काठमाडौं महागरपालिका वडा नम्बर १, दरबारमार्गको खुला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभाबी फोहोरमैला गरी वातावरण प्रदूषण गरेकाले फोहोरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम एक लाख रूपैयाँ जरिवाना गरिएको छ।

एमालेको काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीको संयुक्त आयोजनामा शुक्रबार जागरण सभा भएको हो।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top