प्रधानमन्त्री राज्य व्यवस्था समितिको बैठकमा नजाने, गृहमन्त्री सहभागी हुने


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहभागी नहुने भएका छन् । आजको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ । सोही विषयमा छलफल गर्न समितिले प्रधानमन्त्री ओली र गृहमन्त्री रमेश लेखकलाई बोलाएको थियो ।

प्रधानमन्त्री सहभागी नहुने भए पनि गृहमन्त्री लेखक भने बैठकमा सहभागी हुने समितिले जनाएको छ । बैठक मध्याह्न सवा १२ बजे सिंहदरबारस्थित कानून, न्याय तथा मान अधिकार समितिको सभाकक्षमा बस्दैछ ।

बैठकमा प्रधानमन्त्री सहभागी हुन नसक्ने र गृहमन्त्री रमेश लेखक आउने जानकारी समितिलाई आएको सभापति रामहरी खतिवडाले जानकारी दिए । उनले भने, ‘समितिको बैठक सुरुमा आइतबारका लागि बोलाउने तय भएको थियो । तर, प्रधानमन्त्री ज्यूले आइतबार बैठकमा सहभागी हुन नसक्ने बताएपछि सोमबारका लागि उहाँकै सहजताका लागि सारिएको हो । तर, आज एक्कासी मुख्यसचिव अस्वस्थ हुनुभयो म आउन नसक्ने भए गृहमन्त्रीलाई बैठकमा पठाउँछु भन्नुभयो । अब गृहमन्त्री आउनुहुन्छ बैठकमा ।’


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top