रविले भेटे भारतका गृहमन्त्री शाह र विदेशमन्त्री जयशंकर !


काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले भारतका गृहमन्त्री अमित शाहसँग भेटवार्ता गरेका छन् । उनीहरूबीच केहीबेर अघि भेटवार्ता भएको हो । पाँचदिने भ्रमणमा रहेका सभापति लामिछानेले आजबाट विभिन्न राजनीतिक भेटवार्ता थालेका हुन् ।

उनले आजै विदेशमन्त्री एस जयशंकर र भाजपाका अध्यक्ष नितिन नवीनसँग पनि भेटवार्ता गरेका थिए । विदेश मन्त्री डा एस जयशंकरसँग भेट बैठकमा भारतका विदेश सचिव विक्रम मिस्रीको पनि उपस्थिति थियो ।

उनी भाजपाको निमन्त्रणमा हिजो भारत गएका थिए । उनलाई भाजपाले आज भव्य स्वागत गरेको थियो । उनले आजबाटै विभिन्न राजनीतिक भेटघाट सुरु गरेका छन् ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top