इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि- ७ दिन सार्वजनिक बिदा, ४० दिन शोक घोषणा !


काठमाडौं । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीकाे मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।

यसो त अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि नै इरानका सर्वोच्च नेता खामेनीको मृत्यु भएको दाबी गरेका थिए । तर, इरानले भने खामेनीको मृत्यु पुष्टि गरेका थिएन । बरु आफ्ना नेता सुरक्षित रहेको दाबी गरेको थियो ।

इरानका विदेशमन्त्री अब्बास अराघचीले त एनबीसी समाचार संस्थासँगको कुराकानीका क्रममा आफ्ना नेता सुरक्षित र स्वस्थ रहेको दाबी गरेका थिए ।

तर, इरानकै सञ्चारमाध्यमले खामेनीको शनिबार नै मृत्यु भएको पुष्टि गरेका छन् । खामेनीको मृत्यु आफ्नै कार्यालयमा काम गर्दागर्दै भएको बताइएको छ ।खामेनीको मृत्युमा इरानले ७ दिन सार्वजनिक बिदा र ४० दिन शोक घोषणा गरेको छ ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top