६ लाखले कांग्रेसको सदस्यता नवीकरण गरे, २ लाखले लिए नयाँ सदस्यता


काठमाडौँ । ६ लाखले नेपाली कांग्रेसको क्रियाशील सदस्यता नवीकरण गरेका छन् । महामन्त्री गगन थापाले पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमिति बैठकमा अहिलेसम्म ६ लाखले क्रियाशील सदस्यता नवीकरण गरेको जानकारी दिएका हुन् ।

थापाले बैठकमा ६,७४३ वडामध्ये अधिकांश वडामा नवीकरण सम्पन्न भएको बताए । केही वडामा आन्दोलन, विवाद र निर्वाचन क्षेत्रीय समस्या जस्ता कारणले ढिलाइ भएको बैठकमा जानकारी दिए । थापाले भने, ‘यसपटक पार्टीले डिजिटल प्रणाली प्रयोग गर्दै क्रियाशील सदस्यता व्यवस्थापन गरेको छ ।’

थापाले अहिलेसम्म  अहिले २ लाख १७ हजार ९०० नयाँ सदस्यता वितरण भइसकेको जानकारी दिँदै बाँकी पनि छिट्टै प्रणालीमा प्रविष्ट गर्ने जानकारी दिए ।

उनले हरेक वडामा जातीय, लैङ्गिक र उमेरगत सन्तुलनका आधारमा सदस्यता वितरण गर्न निर्देशन दिइएको जानकारी दिए । ‘अब वडाको मतदाता संरचना अनुसार महिला, युवा, समुदायगत सन्तुलन मिलाएर सदस्यता दिनुपर्छ,’ थापाले बैठकमा भने ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top