काठमाडौं । सरकारले केपी शर्मा ओलीको पालामा राजनीतिक नियुक्त भएका ११ देशका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषदको विहीवारको बैठकले भारतबाहेक अन्य देशका राजनीतिक नियुक्तिका राजदूतलाई फिर्ता बोलाउँदा जापानमा रहेका सहसचिव दुवसु क्षेत्री पनि परेका छन् ।
चीन, जर्मनी, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, बेलायत, अमेरिका र जापानका राजदूत फिर्ता बोलाउने निर्णय गरेको सञ्चार सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । उनीहरूलाई कात्तिक २० गतेभित्र फर्किसक्न निर्देशन दिइएको पनि उनले बताए ।
यी हुन् कात्तिक २० भित्र फर्किनुपर्ने राजदूत:
डा.कृष्ण प्रसाद ओली,चीन
लोकदर्शन रेग्मी,अमेरिका
चन्द्र घिमिरे,बेलायत
नेत्र तिम्सिना,मलेसिया
शैल रुपाखेती,जर्मनी
धनप्रसाद पण्डित,इजरायल
जंगप्रसाद चौहान,रुस
सनिल नेपाल,स्पेन
रमेशचन्द्र पौडेल,कतार
नरेशविक्रम ढकाल,साउदी
दुर्गाबहादुर सुवेदी,जापान






