कर्फ्यु हट्यो, जनजीवन सामान्य : काठमाडौंमा चल्न थाले सार्वजनिक गाडी !


काठमाडौं । नयाँ सरकार गठन भएसँगै देशभर जनजीवन सामान्य बन्न थालेको छ । आन्दोलनपछि मुलुकका विभिन्न क्षेत्रमा केही दिनअघिदेखि लगाइको कर्फ्यु र निषेधाज्ञा पनि हटेको छ । ललितपुर र भक्तपुरमा भने कायमै छ । आम नागरिक आफ्नो पेसा व्यवसायमा फर्किएका छन् । शान्ति सुरक्षाको अवस्था सामान्य रहेको छ ।

गत मंगलबारदेखि ठप्प रहेको सार्वजनिक सवारी साधनको आवागमन शनिबारदेखि सुरु भएको छ । शुक्रबार फाट्टफुट्टमात्र चलेका सवारी साधन आज शनिबार बिहानदेखि बाक्लो संख्यामा चलेका छन् ।

चितवनतर्फबाट पनि बसहरु काठमाडौंका लागि प्रस्थान गरेका छन् । जेनजीले सोमबार प्रदर्शन गर्दा नयाँ बानेश्वर वरपर बाहेकका क्षेत्रमा सार्वजनिक सवारी साधन चलेका थिए । मंगलबारदेखि उपत्यकाको सबै क्षेत्रमा प्रदर्शन हुन थालेसँगै सार्वजनिक सवारी साधन चल्न छाडेका थिए । नेपाली सेनाले कर्फ्यु समेत लगाएकाले गाडी ठप्प थिए ।

शनिबार बिहानदेखि काठमाडौंको कर्फ्यु हटाइएकाले जनजीवन सामान्य छ । सार्वजनिक बस, ट्याक्सी लगायतका सवारी साधन बिहानैदेखि चलिरहेका छन् । जनजीवन सहज हुँदै गएपछि पसलहरु खुल्न थालेका छन् । प्रदर्शनका क्रममा क्षति पुगेका पसलहरुमा सरसफाइका बिहानैदेखि सुरु गरेका छन् ।

मंगलबार रातिदेखि सुरक्षाको व्यवस्था लिएर सडकमा उत्रेको सेना सडकबाट फिर्ता भएको छ ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top