काठमाडौं । बलात्कारको आरोप लागेका मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराजलाई पुर्पक्षमा थुनामा पठाउने जिल्लाको आदेश उच्च अदालतले सदर गरेको छ । उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवर र खडानन्द तिवारीको संयुक्त इजलासले काठमाडौं जिल्ला अदालतको आदेशलाई निरन्तरता दिएको हो ।
गत साउन १४ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश पिताम्बर शर्माको एकल इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । राजेश अहिले डिल्लीबजार कारागारमा छन् ।
युवती बलात्कारको आरोपमा उनी पक्राउ परेका थिए । काठमाडौंमा ल्याएर पठनपाठनको जिम्मा लिएका अहिराजले बलात्कार गरेको भन्दै युवतीले जाहेरी दिएकी थिइन् ।
४ साउनमा पक्राउ परेका झालाई ९ दिनमै प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालय काठमाडौँले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।
काठमाडौंको नयाँ बानेश्वरस्थित युवतीको आफ्नै डेरामा अहिराजले २०८१ जेठ ४ मा बलात्कार गरेको आरोप लगाउँदै मुद्दा दायर भएको थियो । एक्लै कोठामा बसेका बेला अहिराजले आएर बलात्कार गरेको मुद्दामा उल्लेख छ ।
पूर्वप्रमुख अहिराजले पनि आफूलाई बलात्कारको जाहेरी दिने युवती विरुद्ध हनिट्रायपको मुद्दा हालेका थिए ।
मुद्दा विवरण र आदेश:







