महिलालाई गालीगलौज गरेको आरोपमा रास्वपा नेता अरनिको पाँडे पक्राउ


काठमाडौं  । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य डा.अरनिको पाँडे पक्राउ परेका छन् । एक जना महिलालाई सामाजिक सञ्जाल मार्फत गालीगलौज गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

महिलाले उजुरी दिएपछि पक्राउ गरिएको साइबर ब्यूरोका एसपी दिपकराज अवस्थीले बताए । अदालतबाट आज पक्राउ पुर्जी जारी भएपछि साँझ पक्राउ गरिएको र भोलि म्याद थपका लागि अदालतमा लगिने उनले बताए ।

वातावरणविद् पाँडे २०७९ साल भदौमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए । उनी रास्वपा सरकारमा रहेको बेलामा २०८० सालमा राष्ट्रिय योजना आयोगको सदस्य समेत बनेका थिए ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top